Monday 12th October 2026

मधुसूदन प्रसाद घिमिरेको झरना


“झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना

१
काम खोसिदै छ ।
आगो झोसिदै छ।

२
ए कोरोना! तँ त खतरनाक तैले खाने खाइस्
नखानेलाई तुङ्गिन् बनाइस् ।

३
भै राखेको काम पनि हुँदै छ तमाम्
न टेक्ने हाँगो, न समाउने खुड्किलो सबै भो तमाम् ।

४
तैले गर्न खोज्या चाहिँ के हो ?
खेतिवाल बाहेक अरु मार्ने हो ?

५
दिने तालिका बनाएको खोप पनि सरकार रोक्छ
ठूला ठूला कुरा गर्छु भन्दै भाषण ठोक्छ ।

६
घर घरमा लगेर खोप लगाउनु पर्ने यो अवस्था
लाइन बसेर पनि खोप नपाउने तेरा काम कस्ता ?

७
अनुदानका खोप मागेर हुन्छ ?
नगद तिरी किने तेरो के जान्छ ?

८
मान्छे बाँचे त कर तिर्लान्
सबै मरे के कर तिर्लान् ?

९
सङ्घियता पाल्ने बजेट छ
खोप किन्ने चाहिँ बजेट भागे छ !

१०
सँधै थुनिरहनुभन्दा घर घरमा नै खोप पु-याउ
नागरिकलाई सरकार छ भन्ने आश्वस्त तुल्याउ।

११
आज जेष्ठ सत्ताइस गते बिहानीमा नमस्कार
झर विज्ञहरूमा मनैले गरे आदर सत्कार ।

१२
आज औंसी तिथि, निसिव बार्ने पितृ तिथि
वर पिपल वृक्षमा पूजा गर्नाले मोक्ष हुने तिथि ।

१३
आजको तिथिको नाम बटसाबित्री औंसी
तराईका दिदी बहिनिले आज दिन भर व्रत बसि ।

मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...