Monday 19th January 2026

समुन्द्रा शर्माको झरना – २


” झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”

झरना:-१० झर

१. हावाहुरीले निभाउन खोज्छ
दियो उज्यालो जब पोख्न खोज्छ ।

२. रोकेर रोक्न सकिन्न गति
अबरोध खोज्छ कसैको मति ।

३. फुकाइ पोको मनको विसाइ
क्लेश नराखी गर है सफाइ ।

४. टाढा रहेर पनि हुन्छ आफ्नो
स्नेह कहिले हुदैन विरानो ।

५. घुम्ती धेरै बनेछन् कुराको
कसरी बुझ्नु चाल छुराको ।

६. सही गलत छुट्याउन सिक
सुविचार मनमा जगाउन सिक।

७. जानेर हो वा नजानी गरेको
सत्य तथ्य खोइ खोजी गरेको ।

८. तलाउ जस्ले खनी बनायो
माछा राखेर पानी सुकायो ।

९. विचित्र कला , परिष्कृत गला
लगाउन खोज्छन् सदैव माला ।

१०. आफू सहि छु , सहि छ बाटो
अनमोल छु ठान्नु गलत हो पाटो ।

समुन्द्रा शर्मा
इटहरी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...