Saturday 22nd August 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – १२


तिमीले माया गर्दा गर्दै छुट्टिएँ तिम्रै लागी ।
बिहानदेखी साँझसम्म खुटिएँ तिम्रै लागी ।

समयले खेल बनायो वा आफन्त कै झेल
जसरी भएनी काममा जुटिएँ तिम्रै लागी ।

प्रेमको सन्धी भयो दिलमा चोट पर्दा पनि
अस्मिताको पराकाष्ठामा लुटिएँ तिम्रै लागी ।

हाम्रो सपना साकार बनाउन लागेकै थिएँ
अन्धो समाजको अगाडी घुँटिएँ तिम्रै लागि ।

कहिले राम्रोमा गनि दिन्छौ कहिले नराम्रो
तैपनि समाजको अघि कुटिएँ तिम्रै लागि ।

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हाल:- युगाण्डा कम्पाला .


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...