Monday 19th January 2026

अग्नि सुनुवारका पाँच मुक्तकहरू


१)
गर्न पनि केही सकिएन, सडकमै बास छ जिन्दगी ।
छैन कुनै परिवर्तन उही पुरानो एकनास छ जिन्दगी ।
जहाँ लिए होलान् मिठो स्वाद ती हुने खाने जतिले
हुँदा खाने हाम्रो त यहाँ सधै आधा गाँस छ जिन्दगी ।

२)
जिन्दगीमा चाहे जस्तो, रंग आएन ।
उसको मेरो बिचमा, उमंग आएन ।
नगरेको हैन मैले जीवनमा कोसिस
म आफुलाई मिलाउने, ढंग आएन ।

३)
उसको निम्ति एउटा बोट फूल रोपेको ।
मुना टिपी दिन्छन् भनी हूँ नि छोपेको ।
हेर संसारकै नमूना फुल्यो सुन्दर फूल
र त! मैले उसको र मेरो नाम खोपेको ।

४)
मर्न त अरु नै रोगले नि मरेका छन कोरोना दोषी भयो ।
एक पछि अर्को लहर आयो र झन कोरोना दोषी भयो ।
यत्रतत्र सर्वत्र उधुम मचायो कोभिड उन्नाइस यो जातले
स्वासप्रस्वास नै रोकी मरे सारा जन कोरोना दोषी भयो ।

५)
अब हामी धरहरामा चढी हेर्नू पर्छ ।
के के भए विकासहरु पढी हेर्नू पर्छ ।
रानीपोखरी रेल तेल मेलम्ची आयो
हामीले त त्यो भन्दा बढी हेर्नू पर्छ ।

🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
अग्नि सुनुवार-अबसु , सिन्धुली


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...