Monday 12th October 2026

अग्नि सुनुवारका पाँच मुक्तकहरू


१)
गर्न पनि केही सकिएन, सडकमै बास छ जिन्दगी ।
छैन कुनै परिवर्तन उही पुरानो एकनास छ जिन्दगी ।
जहाँ लिए होलान् मिठो स्वाद ती हुने खाने जतिले
हुँदा खाने हाम्रो त यहाँ सधै आधा गाँस छ जिन्दगी ।

२)
जिन्दगीमा चाहे जस्तो, रंग आएन ।
उसको मेरो बिचमा, उमंग आएन ।
नगरेको हैन मैले जीवनमा कोसिस
म आफुलाई मिलाउने, ढंग आएन ।

३)
उसको निम्ति एउटा बोट फूल रोपेको ।
मुना टिपी दिन्छन् भनी हूँ नि छोपेको ।
हेर संसारकै नमूना फुल्यो सुन्दर फूल
र त! मैले उसको र मेरो नाम खोपेको ।

४)
मर्न त अरु नै रोगले नि मरेका छन कोरोना दोषी भयो ।
एक पछि अर्को लहर आयो र झन कोरोना दोषी भयो ।
यत्रतत्र सर्वत्र उधुम मचायो कोभिड उन्नाइस यो जातले
स्वासप्रस्वास नै रोकी मरे सारा जन कोरोना दोषी भयो ।

५)
अब हामी धरहरामा चढी हेर्नू पर्छ ।
के के भए विकासहरु पढी हेर्नू पर्छ ।
रानीपोखरी रेल तेल मेलम्ची आयो
हामीले त त्यो भन्दा बढी हेर्नू पर्छ ।

🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
अग्नि सुनुवार-अबसु , सिन्धुली


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...