Monday 19th January 2026

रामराजा के.सी. को झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१. संसारै मेरो भनेर नि
को सँधै बाँचि रहनी ?

२. भनिन्छ संसारमा ठूलो मन,
मन मात्र हैन आजकल चाहिन्छ धन ।

३. बास मात्र आमाको कोखमा लिएको हो,
बाँचुन्जेल साथ त श्रीमतीलाई दिने हो ।

४. मुटुको कुनै कुनामा लुकेको भए माया,
आऊ बस जीवनभरि मेरो दायाँ बायाँ ।

५. मितेरी साइनो गाँस्दै
भँड्खारोमा भास्दै ।

६. स्वार्थि म मात्र हैन,
दुनियाँ कुनै कम छैन ।

७. माना पाथी भर्दै,
बित्यो जीवन लेक बेसी गर्दै ।

८.जिन्दगीको जेल,
पसिनाको खेल ।

९. नसोचे हुन्छ सबैले
बगेको खोला फर्कन्न कहिले ।

१०. पठाएको छु सम्झनाका कोसेली मैले
नबिर्सनु तिमीले कैले ।

रामराजा के.सी., फर्पिङ, काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...