Friday 26th June 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २४


गजल

फिकाफिका जिन्दगीमा,गाढा रङ्ग भर्छु भन्थ्यौ।
सधैं फुल्ने फुल हुँ म, ओइली कहाँ झर्छु भन्थ्यौ।

दुई दिन मात्रै बाँचे पनि, हाँस्दै खेल्दै रमाउँदै,
मायारुपी ठुलो सागर, सङ्‌ सङ्गै तर्छु भन्थ्यौ।

ढकमक फुलेकी छौ, बगैंचाको फुल जस्तै,
जता मिठो बास्ना चल्छ,उतै डेरा सर्छु भन्थ्यौ।

दिनको घाम रातको जुन, भइ यहाँ उदाएर,
तिम्रो मुहार फेर्नलाई, राम्रो काम गर्छु भन्थ्यौ।

सफलताको शिखर चुमी हाँसी खुसी भइ यहाँ,
दिर्घ आयु होस भनी, अमृत जल छर्छु भन्थ्यौ।

पिर गर्नु तिमी भन्दा, पहिला म नै मरि गए,
चोखो माया मार्नु परे, तिम्रै सामु मर्छु भन्थ्यौ।

पापी दैबको त्यो नजर, लागि हामी छुट्यौं भने,
बियोगमा तड्पिएर, अग्नि रापमा पर्छु भन्थ्यौ ।

 

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा८,सुनखानी,दोलखा ।
(रचना : २०७८जेठ १९ बुधबार)


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...