(टुक्का: दुई लाइनको पद्य कविता)
//१//
धेरै सुन्दर हुनु वर्जित छ यो सहरमा
बारुदको गन्ध आउँछ फूलको रहरमा ।
//२//
गुलावमाथि टप्केको शीत हुँ याद गर
सुनमाथिको पुलिक सुन्दरताको घर ।
//३//
पाएमा रम्छन् मीठो खाना अनि राम्रो नाना
खाई, खेली बिना सुर्ता जिउँछन् बाल साना ।
//४//
आजका कोपिला यी भोलिका कर्णधार हुन् स्वर्णका दाना
शान्तिका क्षेत्र अबोध बालबालिका झन् द्वन्द्वको निसाना ।
//५//
मख्ख छौँ घर पोलेर भए पनि खरानी पाइयो
नेताले यो देश खाएपछि विकास किन चाहियो ?
श्रीकृष्ण शर्मा पोखरा