Monday 12th October 2026

मनबहादुर खत्री ‘मनु’ का पाँच मुक्तकहरू


१.
नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो,
पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो ।
मुनाल डाँफे मयुर अनि गुराँस झुलेका,
मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो ।

२.
दुनियामा समयको खेल भयो,
मान्छे नै कोरोनालाई तेल भयो ।
छैन अछुतो वृद्ध, बाल, बयष्क,
हे प्रभु ! विज्ञान पनि फेल भयो ।

३.
हिड्दाहिड्दै ढल्दैछ जीवन,
बोल्दाबोल्दै गल्दैछ जीवन ।
डढेलोमा जङ्गल जले सरी,
झ्याप्पझुप्प जल्दैछ जीवन ।

४.
विनाकाम लखर–लखर जान्छौ कहाँ तिमी ?
लुकीलकी अनेक खुराक खान्छौ कहाँ तिमी ?
पालना गर्छौ या गर्दैनौ स्वास्थ्य मापदण्डको,
एकबारको जिन्दगी यो लान्छौ कहाँ तिमी ?

५.
कता गए निको हुने ?
कता भए छिटो हुने ?
धौडधुप त चलेकै छ,
कसो गरी हिरो हुने ?

मनबहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

प्रतिकृयाहरू
...