Monday 19th January 2026

श्रीकृष्ण शर्माको एक डाली कोपिला


कोपिला १
मनमा लुकाएर पाप साँचेको हुँ मैले
घमन्डले मातिएर पहाड भत्काउन खोज्दा
आफ्नै हातको कुहिनो भाँचको हुँ मैले ।

कोपिला २
जल्दै गरेको चिता हेरेर भन
मान्छे तिम्रो घमण्ड कतिन्जेल टिक्ला
घरको भागवत् गीता हेरेर भन ।

कोपिला ३
मेरो माया सबैभन्दा पवित्र देखियो
अझै शङ्का किन गछ्र्यौ र तिमीले मलाई
एक्सरेमा पनि तिम्रै चित्र देखियो ।

कोपिला ४
कर्जा तिर्दातिर्दै घरको पुर्जा सकियो
तिमी हिम्मत नहार भन्छ्यौ म सक्दै सकिनँ
केही गर्न मनै छैन ऊर्जा सकियो ।

कोपिला ५
म ठिकै थिएँ मनले के गरिरहेको थियो
यता पीडाका थोपाहरू तप्पतप्पत चुहुँदै गर्दा देखेँ
खुर्सानीको बोटबाट शीत झरिरहेको थियो ।

श्रीकृष्ण शर्मा, पोखरा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...