Monday 12th October 2026

सविता के.सी. को गजल संग्रह – ५


जीवनलाई कथा बनाई जेल्नी नगर
शब्द माथि शब्द मिसाएर झेल्नी नगर ।

सुख दुःख आउँछ जीवनमा पालै पालो
हाँसो पाउन, आँसु झार्दिन रेल्नी नगर ।

जति ढल्काए पोखिईरहन्छन् आँसु झरी
घायलमाथि शब्दहरूले बेल्नी नगर ।

कमजोर होलान् लोलाएका मानसिकता
भिरालो नै छ भिरको बाटो ठेल्नी नगर ।

आउला दिन गरिबले पनि पेट भर्ने
घाउमाथि नुनचुक छरी पेल्नी नगर ।

-सविता के.सी.
काठमाडाैं
२०७८/०२/२१


सम्बन्धित शीर्षकहरु

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

प्रतिकृयाहरू
...