Sunday 17th August 2025

त्रिबि शिक्षण अस्पतालका चिकित्सकद्वारा अाकस्मिक बाहेकका सेवा बन्द


तितोपाटी – अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका आवासीय चिकित्सकहरुले सोमबारदेखि आकस्मिक तथा आईसीयु बाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

साथै सोमबार नै उनीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डीन कार्यालय अगाडि प्रर्दशन गरेका छन् ।

आमरण अनसन बसेको २४ दिन हुँदासमेत डा.केसीको माग पूरा गर्नतर्फ सरकार उदासीन रहेको र वार्ताको लागि सरकारी पक्षबाट पहल नभएको भन्दै उनीहरुले सेवा नै ठप्प पार्नु परेको बताएका छन् ।

आवासीय चिकित्सकहरुले अस्पतालको आन्तरिक तथा बहिङ्ग सेवा, ड्रेसिङ्ग, डिस्चाज, इलेक्टिभ ओ.टी, राउण्ड, रेडियोलोजिकल, प्याथोलोजिकल रेकर्डिङ्ग, इमर्जेन्सीबाहेकका अल्ट्रासाउण्ड लगायतका सेवासमेत बहिष्कार गरेका छन् ।

समयमै डा. केसीको माग सम्बोधन नभएमा सशक्त ढङ्गले आन्दोलन अगाडि बढाउने समेत उनीहरुले चेतावनी दिएका छन् ।

माग पूरा नभए आकस्मिकसहितका सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

अमेरिकी र रुसी राष्ट्रपतिको बहुचर्चित अलस्का भेटवार्ता ले युक्रेन रसिया युद्धको हल निकाल्न सकेन । तर दुवै नेताहरुले बार्ता सकरात्मक…

प्रतिकृयाहरू
...