Tuesday 14th July 2026

त्रिबि शिक्षण अस्पतालका चिकित्सकद्वारा अाकस्मिक बाहेकका सेवा बन्द


तितोपाटी – अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका आवासीय चिकित्सकहरुले सोमबारदेखि आकस्मिक तथा आईसीयु बाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

साथै सोमबार नै उनीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डीन कार्यालय अगाडि प्रर्दशन गरेका छन् ।

आमरण अनसन बसेको २४ दिन हुँदासमेत डा.केसीको माग पूरा गर्नतर्फ सरकार उदासीन रहेको र वार्ताको लागि सरकारी पक्षबाट पहल नभएको भन्दै उनीहरुले सेवा नै ठप्प पार्नु परेको बताएका छन् ।

आवासीय चिकित्सकहरुले अस्पतालको आन्तरिक तथा बहिङ्ग सेवा, ड्रेसिङ्ग, डिस्चाज, इलेक्टिभ ओ.टी, राउण्ड, रेडियोलोजिकल, प्याथोलोजिकल रेकर्डिङ्ग, इमर्जेन्सीबाहेकका अल्ट्रासाउण्ड लगायतका सेवासमेत बहिष्कार गरेका छन् ।

समयमै डा. केसीको माग सम्बोधन नभएमा सशक्त ढङ्गले आन्दोलन अगाडि बढाउने समेत उनीहरुले चेतावनी दिएका छन् ।

माग पूरा नभए आकस्मिकसहितका सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...