Wednesday 14th October 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – ५


दिन सक्छौ भने दान गर गाँस चाहिएकोछ ।
अक्सिजन बिना मरिराछन् सास चाहिएकोछ ।

आऊ सम्हाल भन्न सक्दैनन् साहस बाडौं हामी
शिर सुम्सुम्याउँनु पर्दैन आश चाहिएकोछ।

जलश्रोतको धनी देशमा आउँदैन बिजुली
विडम्बना एक्लो रातमा प्रकाश चाहिएकोछ ।

गुम्सिएकाछन् ति ज्यान आफैलाई कैदमा राख्दा
रुखै रुख भाको देशमा बतास चाहिएकोछ ।

शरणागत तिमी बाहेक कोही छैन सहारा
आऊ प्रभु! महामारीको विनास चाहिएकोछ ।

शर्मिला श्रेष्ठ
हालः परदेश


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...