Sunday 18th October 2026

नेपाल कुवेत सरोकार समाजद्वारा मास्क र सेनिटाइजर संकलन अभियान संचालन


तीतोपाटी – कुवेतमा कृयाशिल र धेरै सदस्यहरू भएको संस्थाको रूपमा चिनिएको संस्था नेपाल कुवेत सरोकार समाजले मास्क र सेनिटाइजर संकलन अभियान संचालन गरेको छ । विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिन गइ नेपालको जनजीवन अाक्रान्त बन्दै गएपछि चाैतर्फी रूपमा सहयोग जुटाउने प्रयास भइरहेका बेला कुवेत स्थित नेपाल कुवेत सरोकार समाजले कुवेतलाइ कर्मथलो बनाएका व्यक्ति विशेष र कुवेतमा कृयाशिल संस्थाहरू मार्फत स्वैच्छिक रूपमा स्वास्थ्य सामाग्री संकलन अभियान संचालन गरेको हो ।

समाजका अध्यक्ष राम तामाङले तीतोपाटी डट कम सँग कुरा गर्दै भने, “हामी संसारको जुनसुकै कुनामा रहे पनि हाम्रो मन त नेपाली नै हो र यस्तो कहाली लाग्दो अवस्थामा हामी कहिल्यै पनि चुप लागेर बस्न सक्दैनौ । तर्सथ कोभिड-१९ को महामरीले जन्मभुमी नेपाल आक्रान्त बनेको यो समयमा थाेरै नै भए पनि सहयोग गर्न सकियोस भनेर यो अभियान चलाइएको हो । यो कठिन घडिमा मातृभुमी नेपालमा हाम्रा बुवाआमाहरु/दाजुभाई दिदिबहिनीहरुको सहयोगार्थ केही गर्न नसके पनि मास्क र सेनिटाइजर मात्रै संकलन गरेर पठाउन सके पनि केहि मात्रामा भने पनि राहत मिल्नेछ।”

अध्यक्ष तामाङले थपे, समाजले मास्क र सेनिटाइजर संकलन अभियान संचालन गरेको हुँदा सहयोगको निम्ति नेपाल कुवेत सरोकार समाज हार्दिक अपिल गर्दै यहाँहरुको तर्फबाट संस्थागत वा व्यक्तिगत जुन किसिमले भए पनि इच्छाअनुसार सेनिटाइजर, मास्क तथा अन्य स्वास्थ्य सामाग्री वा आर्थिक सहयोग गरिदिनु भई मानव धर्मको कार्य गर्नुहुन कुवेतमा कार्यरत सम्पुर्ण मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवं संघ संस्थाहरूलाइ हार्दिक अनुरोध गर्दछौ ।

स्मरण रहोस, नेपाल कुवेत सरोकार समाज कुवेतले स्थापना काल देखि नै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई, कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ । समाजको यो अभियान मेइ १८ तारिक देखि जुन ३ तारिकसम्म चल्ने बताइएको छ ।

सहयोगका लागि सम्पर्क-
अध्यक्ष- राम बहादुर तामाङ +९६५-९९६९३५७५
महासचिव- दामोदर बाटला +९६५-६५९०५०५१
द्दितीय उपाध्यक्ष- सूर्य लामा +९६५-५०७०१८३०
बरिष्ठ सल्लाकार- उत्तम थापा +९६५-९८०६५२९९
बरिष्ठ सल्लाकार सन्त लम्साल +९६५-५१४६२२८१


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...