Saturday 10th October 2026

कुवेतमा मोरङका सोम प्रसाद दाहालको मृत्‍यु,परिवारलाई सम्पर्कमा आउन दूताबासको आग्रह


हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्‍यु भएको छ।दाहालको मृत्‍यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने” राहदानी नं- ०६७८९२८४ का सोम प्रसाद दाहालको मृत्‍यु भएको जानकारी राजदूताबासमा आए पनि मृतकको परिवार संग संपर्क हुन नसकेको कारण कानुनी प्रकृया पुरा गर्न र शब पठाउन समेत समस्या परेको छ।” सिलवालले थपे”राहदानी लिदाको विवरणको आधारमा बाहुने-९ दौलतपुर,मोरङका सोम प्रसाद दाहालको श्रीमतीको नाम अम्बिका दाहाल देखिएको छ। जन्म मिती बि.स. २०२६/०६/१६भएका दाहाल केही समय देखी अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।दाहालको नयाँ राहदानीमा श्रम गरिएको रेकर्ड नदेखिए पनि फिङर प्रिन्टबाट आएको डाटाका अनुसार उनको भिसा एक क्याटरिङ्ग कम्पनीमा भएको पाइएको र उक्त भिसा सन २०२० मै समाप्त भएको देखिएको छ।”

मृतक सोम प्रसाद दाहालको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतको हटलाइन नं-००९६५-९८८६९१२१ मा सम्पर्क गर्न अनुरोध गरिन्छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...