Friday 30th October 2026

नेपालमा निषेधाज्ञा छ, पालना छैन-फोटो फिचर


काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको देखिन्छ । किनमेलका क्रममा मापदण्ड पालना नहुँदा संक्रमण दर अझ बढ्ने जोखिम निम्तिएको छ । काठमाडौंको बालाजु माछापोखरीमा आइतबार बिहान तरकारी किन्नेहरुको निकै भिड लागेको थियो । मानिसहरु भौतिक दूरी कायम नगरी हिँडडुल गरिरहेका थिए । देशभर दैनिक रुपमा ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् ।


साभार-कबिन अधिकारी(ईकान्तिपुर)


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...