Monday 10th November 2025

कविता:- राष्ट्रियता -सोनी शर्मा


एक मुठी प्राण रहेसम्म
नेपाली भाषा बोल्नु छ
जन्मभुमि रहेसम्म
निर्धक्क भई नेपाली हुँ भन्नु छ।

निश्चय म नेपाली हुँ
देश विद्रोही भई बाच्नु छैन
हातहरु असक्षम नभए सम्म
नेपाली भाषा लेख्नु छ ।

नेपाल आमाको सन्तान हुँ
हर नशामा नेपाली बगिरहन्छ
चन्द्र र सुर्य जहिले सम्म रहन्छ
तब सम्म नेपालमा नेपाली नै जिईरहन्छ ।

आँखाहरु दृष्यहिन नबनेसम्म
नेपाली इतिहास बोल्न लगाउनु पर्छ
सागरमाथाको उचाई नघटेसम्म
नेपालीले राष्ट्रिय पोशाक नै लगाउनु पर्छ ।

सोनी शर्मा
क्यानाडा


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...