Thursday 8th October 2026

रहेनन् गायक प्रेमध्वज प्रधान


जिएनएन-वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनी घरको सांगीतिक माहोलका कारण गीत संगीतको क्षेत्रमा आएका थिए ।

उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुची राख्थे । उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको थियो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...