Wednesday 29th April 2026

स्टिङ अपरेशन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश


सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गर्दै निवेदन दिएका थिए। अख्तियारले यस्तो‘स्टिङ अपरेसन’ आफ्नो नियमावलीका आधारमा गर्दै आइरहेको थियो।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...