Wednesday 25th February 2026

फुजेल हत्याकाण्डका १२ जनालाई सफाइ दिने जिल्ला अदालतको निर्णय उच्चद्वारा सदर


उच्च अदालत पाटनको हेटौंडा इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला सदर गरेको छ। २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको थियो। तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोप लाग्दै आएको छ। आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारीले जाहेरी दिएका थिए।सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा जिल्ला अदालत चितवनले साढे २ वर्षअघि सबै प्रतिवादीलाई सफाइ दिएको थियो।

आज उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख तथा सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।

सरकारवादी रहेको यो मुद्दामा उनले समेत बहस गरेका थिए।

साढे २ वर्षअघि चितवन जिल्ला अदालतले प्रतिवादीहरूले अधिकारी हत्या गरेको भन्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो।

‘अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन,’ चितवन जिल्ला अदालतको फैसलामा उल्लेख थियो, ‘प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसुरबाट सफाइ हुने ठहर्छ, फैसलामा भनिएको छ।

ncell in
घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका हुन् ।कृष्णप्रसादको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो।

प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। आफ्नो छोराको हत्यापछि जाहेरी दिन गंगामाया र नन्दप्रसादले लामो समय अनसन लगायतका संघर्ष गरेका थिए।२०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो। एकजना फरार रहेकाले उनको नामको मुद्दा मुल्तवीमा राखिएको थियो।

अहिले पनि गंगामाया आफ्नो छोराका हत्यारालाई कारबाही माग गर्न भन्दै १११ दिनदेखि अनसनरत छिन्। उनका पति नन्दप्रसादको त अनसनकै क्रममा पाँच वर्षअघि मृत्यु भएको थियो। गंगामायाले छोराका अपराधीलाइ कारबाही नहुन्जेल आफ्ना पतिको दाहसंस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगन्जमा छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...