Monday 3rd August 2026

कविताः लाचार मान्छे -आयाम कार्की


टेलिभिजनको स्कृन जस्तै
लागिरहेको छ शहर
हेरिरहेछु जनावरहरुका दुनियाँ
डिस्कवरी र एनिमल प्लानेट
च्यानलहरुमा झै

माकुरालाई बाँच्नु छ र त
जाल बुन्दैछ
मांशाहारी जनावरलाई बाँच्नु छ र त
सिकार गर्दैछ
कमिलाका एक झुण्डले
घिसार्दैछ् फट्याङ्ग्रा
पुतलीले छोप्दैछे भुसुना
गिरकिट्टिले आँखा नझिम्क्याई हेर्दैछ पुतलीको नृत्य
प्राकृतिक इको शिष्ट्ममा
चलिरहेछन जनावर बरु

म स्विकार्छु
र तिमीले पनि स्विकार गर
तर म सकिरहेको छैन स्विकार गर्न
मान्छे जनावर बनेर चलाईरहेको अप्राकृतिक इको शिष्टमको
यो दुनिया ।

भ्रममा बाच्दैछन सबै मानिसहरु
धनी देखि गरिब सम्म
ठुला देखि साना सम्म
भावनात्मक रुपमा ब्यवहारिक रुपमा
मानसिक रुपमा र शारीरिक रुपमा
विछिप्त भै चुपचाप चलिरहेछ
अव्यवहारिक स्वार्थको हाली मुहालीमा
दौडिरहेछन मानिसहरु

एउटा रोगी व्यक्ति निजि क्लिनिकमा
पस्दछ र
फस्दछ स्वास्थ्यकर्मीको इको शिष्टममा
कुनै एउटा धनी मान्छे खरिद गर्दैछ
गरिव सङ्ग मृर्गौला
एक भक्तले ठूलो स्वार्थ प्राप्तिका लागि
बस्दैछ ब्रत
चढाउदै छ मन्दिरमा भेटी
र दिदैछ निर्दोष पशुको वली

मन्दिर बाहिर फूल व्यापारी त
भित्र पुजारीले ठग्दैछन भक्तजनहरुलाई
दलालहरुको इको शिष्टममा फसिरहेछन युवाहरु बरमुढा त्रिकोणमा

एक नर्तकी नाङ्गै नृत्य देखाईरहेकी छे
शहरको डिस्को बारमा
एउटी अवोध वालिका बेचिदैछे कोठीमा
र कमाउदैछे अर्की वेस्या

सरकारी क्षेत्रहरुले खेप्दैछन निजी सस्था सङ्ग चुनौती
यहाँ मेरो खण्डन नगर महोदय !
निजी स्कुल सन्चालकले पनि ठगिरहेछन शिक्षक र अभिभावकहरु
रोजगार र शिक्षाका नाममा

देशमा शिक्षितको दर बढ्दैछ रे
सभ्यताको विकास हुदैछ रे
सब वाहियात लागि रहेछ मलाई
नपढाउ यो शिष्टाचारको पाठ
ती मानव अधिकारका धारा
कानुनी प्रक्रियाका नियमहरु
प्रकृतिकलाई उपहास बनाउदै
लाचार भै बाचिरहेछन मान्छेहरु
अप्राकृतिक इको शिष्टममा
जनावर भन्दा गिरेर

आयाम कार्की
२०७७/१२/२४


सम्बन्धित शीर्षकहरु

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट…

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

प्रतिकृयाहरू
...