Wednesday 26th August 2026

सरकार ढालेर देखाउन गोकुल बाँस्कोटाको चुनौति


नेकपा एमालेका  सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढालेर देखाउन प्रधानमन्त्रीको राजीनामा माग्दै आएका दलहरुलाई चुनौति दिएका छन् ।प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले ओली निकट सांसद बाँस्कोटाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका हुन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को वैठकमा बोल्दै हुने भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एक दलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ?’ बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय शुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं ।’

अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए । जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हो ? भन्दै प्रश्न गरेका छन् । चुनाव देख्ना साथ फोबिया हुनेहरुले प्रतिगमनको नारा लगाएको उनले आरोप लगाए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...