Sunday 1st November 2026

केपी ओलीविरुद्ध एकजुट हुन खनाल–नेपालको आग्रह


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनबाट पछि हट्दै ओलीले एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य गरेको भन्दै त्यसको विरुद्धमा जुट्न आह्वान गरेका हुन् ।

माओवादी केन्द्रसँगको एकीरकणविरुद्ध अनेकौँ षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न लागिपरेका ओली फागुन २३ मा सर्वाेच्चले पुनर्जीवित गरेको एमालेलाई पनि विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...