Tuesday 13th October 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – ३


नजरमा खै कसरी ? शीत पसिसकेछ
मोती झैं सम्हाल्छु भन्दाभन्दै खसिसकेछ।

अन्जानमै पस्यो कि गहिरिएर मुटुमा
जकडिएको शव्दजालमा फसिसकेछ ।

उम्कनु नि कसरी जाल छरिसकेपछि
मुस्कानको चेपारो चारोमा बसिसकेछ।

कमजोरीको फाइदा उठायो बेकाइदा
मौका पाउँनासाथ बेस्सरी कसिसकेछ।

बँधुवा बनाइ निजी स्वार्थपूर्तिका लागि
आधिकारिक त्यो औंठाछाप घसिसकेछ।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...