Sunday 1st November 2026

बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा


तितोपाटी- बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रंग दल्ने विषयमा झडप हुँदा निसिखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।
भिरमा अड्किएको अवस्थामा दुई जनाको शव फेला परेको र पोष्टमार्टका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले शिलापत्रलाई जानाकारी दिए ।
निसीखोला गाउँपालिका– ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले हराएका भनिएका युवाहरू सम्पर्कमा आएको बताए । ‘राती अवेर उनीहरु सम्पर्कमा आएका रहेछन् । उनीहरूलाई सामान्य चोटपटक लागेको छ भन्ने आएको छ,’ उनले भने ।
मृत्यु हुने प्रकाश बाग्लुङ नेपाली कांग्रेसका जिल्ला सदस्य हुन भने दमाई सक्रिय सदस्य हुन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...