Sunday 1st November 2026

महेश बस्नेतले डिल्लीबजार कारागारमै गएर भेटे रेशम चौधरीलाई


तितोपाटी- नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।

टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका थिए ।नेकपा एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणबारे छलफल भइरहेको समयमा बस्नेत र चौधरीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसपाले सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छ ।
शुक्रबारमात्रै गृहमन्त्री रामबहादुर थापाले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...