Thursday 27th August 2026

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन


तितोपाटी- काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का लागेका व्यवसायीलाई सात दिनको समय दिएर विभाग बोलाइएको हो ।

विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार अहिले विभागले नयाँ सडक, लाजिम्पाट, पानीपोखरी महाराजगञ्जसम्म मूल सडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमूलकरूपमा अनुगमन गरेको छ ।
व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको सङ्ख्या कम रहेको पनि अनुगमनका क्रममा देखिएको छ । विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमूलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गरिने विभागका प्रमुख डा अधिकारीले जानकारी दिए ।

जागरणमूलक र शिक्षामूलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिने र कानूनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने कामपाको अबको योजना रहेको छ । करदाताको सहजताका लागि कामपाले गत असोज १ गतेदेखि १० वडाबाट र १३ गतेदेखि ३२ वटै वडाबाट अनलाइन राजस्व निर्धारण तथा सङ्कलन कार्य थालेको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...