Sunday 1st November 2026

४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले लिए नागरिकता


४० वर्षपछि भारतीय जेलबाट मुक्ति पाएर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।

२०१७ साल साउन २० मा जन्मेका दुर्गाप्रसादले माई नगरपालिका–१० ठेगानाको नागरिकता पाएको कार्यालयले जनाएको छ। मानसिक रूपमा बिरामी रहेका दुर्गाप्रसादको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। तर, नागरिकता नहुँदा समस्या आउनसक्ने भएपछि उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन्।

दुर्गाप्रसाद व्यक्ति हत्या अभियोगमा सन् १९८० मा भारतमा जेल परेका थिए। २० वर्षको हुँदा २०३७ सालमा घरबाट हिँडेका उनको नागरिकता बनेको थिएन। दुर्गाप्रसादकी ८६ वर्षीया आमा घरमा छिन् भने उनका बाबु चम्पाखरको २०२४ सालमा निधन भएको थियो। दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाह पनि भएको छैन।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...