Thursday 21st May 2026

४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले लिए नागरिकता


४० वर्षपछि भारतीय जेलबाट मुक्ति पाएर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।

२०१७ साल साउन २० मा जन्मेका दुर्गाप्रसादले माई नगरपालिका–१० ठेगानाको नागरिकता पाएको कार्यालयले जनाएको छ। मानसिक रूपमा बिरामी रहेका दुर्गाप्रसादको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। तर, नागरिकता नहुँदा समस्या आउनसक्ने भएपछि उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन्।

दुर्गाप्रसाद व्यक्ति हत्या अभियोगमा सन् १९८० मा भारतमा जेल परेका थिए। २० वर्षको हुँदा २०३७ सालमा घरबाट हिँडेका उनको नागरिकता बनेको थिएन। दुर्गाप्रसादकी ८६ वर्षीया आमा घरमा छिन् भने उनका बाबु चम्पाखरको २०२४ सालमा निधन भएको थियो। दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाह पनि भएको छैन।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...