Sunday 1st November 2026

धादिङमा डोजरले ठक्कर दिएर महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ


धादिङकाे सल्यानटारमा डोजरकाे ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर बोर्डरबाट सिआइबीले चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको डिआइजी सहकुल थापाले बताए।

सिआइबीले आज पत्रकार सम्मेलन आयोजना गर्दै उनलाई भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिआइजी थापाले जानकारी दिए।डिआइजी थापाका अनुसार महिलालाई डोजरले ठक्कर दिएर पछि उनी घाइते भइन्। बुढाथोकीले थाहा पाएर पनि जानीजानी पुरेछन्।त्यसपछि उनी फरार थिए। उनी भागेर हरिद्वार गएका थिए। जहाँ उनको दाइ बस्छन्।

उनी चैत ३ गते नेपालगन्ज आएका थिए। विशेष सूचनाको आधारमा उनलाई पक्रन सफल भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बिना लाइसेन्स उनले डोजर चलाएका थिए।गत फागुन १७ गते घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई डोजरले ठक्कर दिएपछि जिउँदै पुरेको थियो।सडक खन्न गाउँपालिकाले ठेक्का लगाएको सडक ठेकेदार कम्पनीको डोजरले सोही वडाकी ४५ वर्षीया सरस्वती कुमाललाई सुरूमा ठक्कर दिएको थियो। ठक्करबाट कुमाल घाइते भएपछि बुढाथोकीले उनलाई उद्धार गर्न छोडेर खाल्डोमा पुरेका थिए।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...