Sunday 1st November 2026

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट


तितोपाटी- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने छ । भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुनेछन् ।

एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । त्यसयता एमालेमा विभाजन देखापरेको हो ।

अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ । यसबीच अध्यक्ष ओलीको निमन्त्रणमा गत सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पक्षबीच वार्ता भए पनि सहमति हुन सकेन ।

नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओलीले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...