Thursday 27th August 2026

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट


तितोपाटी- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने छ । भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुनेछन् ।

एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । त्यसयता एमालेमा विभाजन देखापरेको हो ।

अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ । यसबीच अध्यक्ष ओलीको निमन्त्रणमा गत सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पक्षबीच वार्ता भए पनि सहमति हुन सकेन ।

नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओलीले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...