Monday 26th October 2026

नानिमाया सुनुवारका ६ वटा वजनदार मुक्तकहरू


मुक्तक

१)
के भयो भएर हामी काली मनै त हो ।
नभने पनि बेलाबेला जाली मनै‌ त हो ।
रूपमै के लाग्छौ पछि धोका हुन सक्छ
सक्छौ सिउँदो भर्न छ खाली मनै त हो ।

२)
जानिजानी नगर आनाकानी मेरो अगाडि ।
नभन सामुन्ने आई छु दानी मेरो अगाडि ।
आ आफ्नो कर्म अनि भाग्यको फल पाईन्छ
सुधार गर तिमी आफ्नो बानी मेरो अगाडि ।

३)
मनले सोचे जस्तो कहाँ हुन्छ हजुर ।
ममता भन्ने सस्तो कहाँ हुन्छ हजुर ।
दु:ख नै सुख हो विचार गर्नु यति नै
प्रेमिल माया कस्तो कहाँ हुन्छ हजुर ।

४)
मलाई माया जालमा पारी दियौ ।
धेरै माया गर्थेँ माया मारी दियौ ।
धोका दिदैछौ होला सोच्दै सोचिनँ
सत्य मेरो माया किन टारी दियौ ।

५)
कति छन् मनमा गुम्सिएका कुरा ।
सबै पूरा हुन्न वचन दिएका कुरा ।
कुरा एक जाल रचिदिन्छ अनेक
बिर्सन बाध्य आँसु पिएका कुरा ।

६)
कति हेप्छौ हेप अझै सहन तयार छु ।
आफुमा कुशल भन्ने शब्दमा निखार छु ।
मान्छे हुँ म पनि किन भन्छौ मुटु बिजाई
छैन यहाँ शत्रु अरु तिम्रो लागि भार छु ।

✍️नानिमाया सुनुवार,उदयपुर
हाल हरिवन नपा१०,सर्लाही


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...