Friday 27th March 2026

नेपालको परिवर्तन उल्ट्याउन सबैभन्दा बढी मलाई घेराबन्दीमा पारियाे : प्रचण्ड


तितोपाटी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनलाई उल्ट्याउन आफूलाई घेराबन्दी पारिएको बताएका छन्। शुक्रबार बुटवलमा आयोजिथत राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दीमा पारिएको दाबी गरे।

‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले जीवित हुनुहुन्न्। म अहिले जीवितै छु। र, यो परिवर्तन उल्ट्याउनको निम्ति अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भइरहेको मैले महसुस गर्छु। मैले धेरै गहिरोगरी यसको महसुस गरिरहेको छु,’ उनले भने, ‘देशभित्रका तमाम प्रतिगमनकारीहरु जो गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक भन्ने मन पराउँदैन थिए तिनीहरु र देश बाहिरका पनि दक्षिणपन्थि प्रतिक्रियावादी शक्तिहरु सबै मिलेर नेपालको परिवर्तनलाई उल्ट्याई छाड्ने कसरतमा छन्।’

एमाले र माओवादीको एकतापछि प्रचण्ड एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेको थिए। तर, यही फागुन २३ गते सर्वोच्च अदालतले दुई कम्युनिस्ट पार्टीबीचको एकतालाई वैधता नदिएपछि दुवै पार्टी अलग भएका छन्। सर्वोच्चको उक्त फैसलापछि प्रचण्डले आफूहरुमाथि षड्यन्त्र भएको बताउँदै आएका छन्।नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...