टुक्का कविता
(१)
भोलेबाबा ! सोध्नु छ एउटा गुह्य बात,
किन पठाउँनु भो ? धर्तीमा त्यही रात।
(२)
तिम्रो महिमा जगतमा छ अपरम्पार,
कृपानिधान सुनि देऊ भक्तको उद्गार।
(३)
आराधना नित्य गर्न सकुँ शिव पार्वती ,
अन्तर्दृष्टि ज्ञानको ऑखा खुली होस् प्रगती ।
(४)
विष पान गरे नि सदा शिव शक्तिशाली ,
शिवका भार्या शक्ति स्वरुपिणी महाकाली।
(५
हे भोले ! तिम्रो हृदयमा सदैव ठाउँ पाउँ,
शरणागत दर्शन पाउँन म कहाँ धाउँ ?
शर्मिला श्रेष्ठ,ललितपुर
✍️हाल अमेरिका