Friday 27th March 2026

माओवादी केन्द्र र जसपाका नेताहरूबीच भेटवार्ता


 

तितोपाटी- नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । बुधबार पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनीहरूबीच सरकार गठनका विषयमा छलफल सरकार छलफल भएको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादबारे निर्णय गर्दै नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला सुनाएको थियो । सर्वोच्च अदालतको फैसला अनुसार मंगलबार निर्वाचन आयोगले पनि एमाले र माओवादी केन्द्र अगलअगल पार्टी भएको निर्णय गरेको थियो ।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । एमाले र माओवादी अलग पार्टी भएको निर्वाचन आयोगले निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्डले सरकार गठनका विषयमा मंगलबारदेखि राजनीतिक भेटघाटलाई बढाएका छन् । मंगलबारमात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर सरकार गठनका विषयमा छलफल गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...