तितोपाटी- नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । बुधबार पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनीहरूबीच सरकार गठनका विषयमा छलफल सरकार छलफल भएको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादबारे निर्णय गर्दै नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला सुनाएको थियो । सर्वोच्च अदालतको फैसला अनुसार मंगलबार निर्वाचन आयोगले पनि एमाले र माओवादी केन्द्र अगलअगल पार्टी भएको निर्णय गरेको थियो ।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । एमाले र माओवादी अलग पार्टी भएको निर्वाचन आयोगले निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्डले सरकार गठनका विषयमा मंगलबारदेखि राजनीतिक भेटघाटलाई बढाएका छन् । मंगलबारमात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर सरकार गठनका विषयमा छलफल गरेका थिए ।