Sunday 1st November 2026

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै


तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक घटना क्रममा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

मंगलबार बसेको स्थायी समिति बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । पछिल्लो समय नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...