Sunday 1st November 2026

चार सन्तानसहित एक महिला कर्णाली नदीमा हाम फालिन


तितोपाटी- दैलेखकी एक महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन ।

नदीमा हाम फालेका पाँचजना मध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव फेला परेको छ । आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनी बेपत्ता छन् ।

बेपत्ता रहेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्राउ परेको छ । उनले घटनाबारे कुनै जानकारी दिएका छैनन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...