Monday 4th May 2026

राम देउबाको गजल संग्रह – १


गजल
मलाई बेला-बेला सताउँछ उनको यादले ।
दिनमा घाम अनि रातमा जुनको यादले ।।

सधैं मेरो यो मनलाई फितलो बनाउँछ
उनको असल स्वभाव र गुनको यादले ।

हरेक राती सुनमन लाग्छ उनको बोली
पागल भए समुधुर बोली धुनको यादले ।

सजाए उनका धेरै तस्बिर मेरो छातीमा
सतायो धेरै तस्बिर मध्य कुनको यादले ।

कहिले पुतली अनि कहिले माहुरी बनी
रातमा सताउँछ त्यो भुनभुनको यादले ।

-राम देउबा
डोटी सायल


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...