Tuesday 1st September 2026

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने २५ विद्यार्थी पक्राउ


पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् ।

पोखरा विमानस्थल निरीक्षण र पोखरा विश्वविद्यालयको १५ औं साधारणसभामा भाग लिन आएका प्रधानमन्त्री ओलीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका विद्यार्थीहरु पक्राउ परेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार नै पोखरामै गण्डकी प्रदेशसभालाई संबोधन गर्ने कार्यक्रम छ । नयाँ शक्तिका विद्यार्थीहरुले प्रदेशसभा बाहिर कालोझण्डा देखाउने तयारी गरेका थिए । त्यस्तै नेविसंघका विद्यार्थीले पोखरामा विभिन्न ठाउँमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका थिए ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...