Thursday 18th June 2026

कांग्रेसको चेतावनीपछि संसद बैठक ११ गतेसम्मका लागि सर्यो


तितोपाटी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अरुद्ध पार्ने चेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेसले संसद अवरोध जारी राख्ने चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले बैठक नै एक हप्तापछि सारेका हुन् ।

डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका विषयलाई सममावेश गर्दै विधेयक ल्याउनुपर्ने माग गर्दै कांग्रेसले असार ३१ देखि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई कार्यसूचीबाट हटाएर सभामुख महराले बैठक चलाउने प्रयास गरे पनि विपक्षी कांग्रेस सहमति नहुँदा सूचना टाँसेर बैठक सारेका हुन् ।

सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति कांग्रेसले असहमति जनाउँदै आएको छ । उसले यसअघि जारी भएको अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने माग गरेको छ ।

राजपा र नयाँ शक्तिसँग कांग्रेसको छलफल

गोविन्द केसीको मागप्रति समान धारणा बनाउन कांग्रेसले राजपा नेपाल र नयाँ शक्तिसँग प्रस्ताव गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रामण रुपमा प्रस्तुत हुन राजपा र नयाँ शक्तिलाई आग्रह गरेका हुन् ।

छलफलमा सभापति देउवा, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सहभागी थिए । उनीहरुले पार्टीमा छलफल गरेर जवाफ दिने जानकारी दिए । कांग्रेसले सरकारविरुद्ध संसद र सडकमा आन्दोलनको घोषणा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...