Sunday 1st November 2026

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो


तितोपाटी- नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान बालुवाटारमा भएको वार्ता केही बेर अघि सकिएको हो ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए । यता विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ सहभागी थिए । वार्ता बिहान ७ बजेदेखि शुरु भएको थियो । आजको वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताइएको छ ।

सरकारले मंगलबार मात्र गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति बनाएको थियो । त्यस लगत्तै विप्लव समूहले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...