Sunday 1st November 2026

संसद् पूनःस्थापनापछि पहिलोपटक आज मन्त्रिपरिषद बैठक बस्दै


तितोपाटी- मन्त्रिपरिषद बैठक बस्दैछ । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा सर्वोच्च अदालतको फैसलाअनुसार १३ दिनभित्र संसद् बैठक बोलाउनुपर्ने भएकोले त्यसको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने बुझिएको छ । हिजो साँझमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । सर्वोच्चको फैसलापछि पहिलोपटक प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच हिजो भेटवार्ता भएको थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...