Thursday 10th September 2026

भारत र चीनका राजदूतद्वारा देउवासँग भेटवार्ता


तितोपाटी- सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक घटनाक्रमप्रति चीन र भारतका राजदूतहरु पनि सक्रिय हुन थालेका हुन् ।

संसद पुनर्स्थापना भएसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेटवार्ता गरेका छन् ।

दुबै राजदूतले बिहीबार देउवासँग भेटेर अबको बाटो र राजनीतिक निकास बारेमा चासो राखेका हुन् । देउवा निवास बुढानिलकण्ठमा छुट्टाछुट्टै भेट गरेर अवको राजनीतिमा कांग्रेसको भुमिकावारे चासो राखेका हुन् ।

जवाफमा कांग्रेस सभापति देउवाले सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि संविधान र लोकतन्त्र बलियो भएको भन्दै दलहरुसँगको परामर्शमा उचित निकास निकाल्न कांग्रेसले भुमिका निर्वाह गर्ने जानकारी गराएका छन् ।

नयाँ सत्ता समिकरणमा कांग्रेस निर्णायक भएपछि देउवासँग अन्य दलका नेताले पनि भेट तिब्र पारेका छन् । नेकपाका दुबै पक्षले सहकार्यका विषयमा परामर्श गरिरहेका छन् । तर कांग्रेसले नेकपा विवाद नटुंगिएसम्म छलफलको वातावरण नबन्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...