Saturday 20th June 2026

अदालतले सही फैसला गर्छ: प्रचण्ड


तितोपाटी- नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दैै यो शान्तिपूर्ण युद्ध हो, अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताए ।

धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको ‘प्रचण्ड’ले आरोप लगाए । उपलब्धी अपहरण गर्ने अपहरणकारीहरुले राज्यको शक्ति प्रयोग गरेर दमन गर्न खोजे पनि आफूहरु त्यसविरुद्ध पुस ५ गतेदेखि देशव्यापी युद्धमा रहेको उनले बताए।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...