Tuesday 14th July 2026

वैद्य र डाक्टरपछि झाँक्री लिएर हिँडेका प्रचण्डलाई कसैले बचाउन सक्दैन -प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवातदेखिका सहयात्रीले प्रचण्डलाई छोड्न थालेपछि आफुलाई उनी देखेर ‘माया लाग्ने’ गरेको बताए।

‘प्रचण्ड जीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो। वैद्यले उहाँलाई छोड्नुभयो। त्यसपछि उहाँले डाक्टर लिनुभयो। डाक्टरले पनि उहाँलाई छोड्नुभयो,’ हाँस्दै ओलीले भने,‘अहिले एउटा झाँक्री लिनुभएको छ तर उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन।’ ओलीले मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामकुमारी झाँक्री र प्रचण्डबीचको सम्बन्धलाई लिएर टिप्पणी गरेका हुन्।

ओलीले सम्बोधनको अधिकांश समय सरकारले गरेका काम कारबाही भन्नमा खर्चिएका थिए। उनले नेपाल परापूर्वकालदेखि नै महत्वपूर्ण भूमि रहेको समेत बताएका थिए।

संसदीय व्यवस्था भएको मुलुकको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने ओलीको अडान छ। काम नगर्ने संसदको लागि प्रतिनिधि सभा विघटन गरेको जिकिर गर्दै ओलीले तोकिएको मितिमा मध्यावधि चुनाव हुने बताए । सम्बोधनका क्रममा उनले सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्द बहादुर पुनको पनि आलोचना गरेका थिए । गत पुस ५ गते प्रतिनिधि सभा विघटन पछी एकातिर ओली समूह र अर्कोतिर प्रचण्ड–नेपाल समूहले विभिन्न सभा समारोह गर्दै आएका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...