Saturday 20th June 2026

वर्तमान सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन ।’ सरकार जनताको अभिमतभन्दा विपरीत नजाने र जान नदिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट हुन नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार नगर्ने र सुशासन कायम गरेर छोड्ने दावी पनि गरे । ‘सरकार जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दैन । सुशासन कायम गरेर छोड्छ ।’

शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न पक्षलाई संवादको माध्यमबाट आउन प्रधानमन्त्री ओलीले आह्वान गरे ।

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिए ।उनले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...