Thursday 9th July 2026

मीरा ज्ञवालीको गजल संग्रह – २


बहर: हजज मुसम्मन सालिम
अर्कान: १२२२.१२२२-१२२२.१२२२

तिमी मात्रै यहाँ भेटेँ, सबै सित्तै दियाै आमा ।
सबै पीडा सहेरै हाे सहनशीला थियौ आमा ।।

चुसायाै याे रसै रसकाे, घडा पूर्ण बुटी घाेटी
म चिच्याई रूँदै आएँ, खुसी भर्दै लियाै आमा ।

कलेजाेकाे तिमी टुक्रा भनी बाला लिएकी हाै
निशामा ज्याेति छर्दै छाै विधाता देखियाै आमा ।

छ धागाे हातमा मेराे छुटे चङ्गा छिनेझैँ भाे
गए सारा हटे काला दिलैमा लेखियाै आमा ।

मीरा ज्ञवाली
बुटवल रुपन्देही
लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...