Wednesday 2nd September 2026

विरोध प्रदर्शन गर्नेलाइ २० वर्ष जेल !


तीतोपाटी – सुन्दा अचम्म लाग्छ तर म्यानमारको सेनाले आफ्नो विरोध गर्नेलाई २० वर्षसम्मको जेल हुन सक्ने चेतावनी दिएको छ । जननिर्वाचित सरकारलाई ‘कु’ मार्फत अपदस्थ गरी सत्ता हातमा लिएको सेनाले आफ्नो काममा बाधा अड्चन पुऱ्याउनेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको हो ।

म्यानमार सेनाले सत्ता हत्याउने नेताहरुविरुद्ध घृणा फैलाउने र अपमान गर्नेलाई लामो जेल सजाय र जरिवाना लगाइने घोषणा गरेको छ । कैयौं सहरका सडकमा बाक्लो संख्यामा बख्तरबन्द गाडीसहित सेनाको उपस्थिति बढाएपछि सेनाले कानुन परिवर्तन भएको घोषणा गरेको हो ।

बीबीसीका अनुसार सुरक्षा फौजलाई ड्युटीमा खटिएका बेला कुनै पनि प्रकारले बाधा पुऱ्याउनेलाई सात वर्षसम्म जेल सजाय हुने सेनाले बताएको छ । त्यस्तै सार्वजनिक रुपमा डर र अशान्ति फैलाउनेलाई तीन वर्षसम्मको जेल सजाय हुने पनि सैनिक सरकारले घोषणा गरेको छ ।
पछिल्ला दिनमा म्यानमारका सडकमा सैनिक ‘कु’ विरुद्ध हजारौंको संख्यामा मानिसहरु उत्रिएका छन् । आङ सान सूचीसहित कैयौं निर्वाचित नेताहरुलाई बिनासर्त रिहा गरी मुलुकमा पुन: लोकतन्त्रको बहालीका लागि प्रदर्शनकारीले सेनालाई दबाब दिइरहेका छन् । पछिल्लो कानुन आन्दोलन दबाउनका लागि घोषणा गरिएको अन्तर्राष्ट्रिय विश्लेषकहरुको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...