Monday 26th January 2026

एक सातामा कोरोनाबाट विदेशमा थप दुई नेपालीको निधन


कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३५ जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१४ जना छ भने दुई लाख ६८ हजार ९२९ जना अर्थात् ९८ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...