Monday 24th August 2026

मलेसियामा कार्यरत नेपाली कामदारलाई निःशुल्क कोरोनाविरुद्धको खोप


तितोपाटी- मलेसिया सरकारले त्यहाँ रोजगारीमा रहेका नेपालसहित विदेशी कामदारलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

मलेसिया सरकारले अस्थायी रूपमा बसोबास गदै आएका कूटनीतिज्ञ, आप्रवासी कामदार र राष्ट्रसंघीय मानवअधिकार आयोगका कर्मचारीलाई निःशुल्क खोप दिने निर्णय गरेको हो ।
नेपाल, भारत, म्यानमार, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित १७ लाखभन्दा धेरै विदेशी कामदार मलेसिया कार्यरत रहेका छन् ।
वैधानिक रूपमा कार्यरत सबै विदेशी कामदारलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने मलेसिया सरकारले घोषणा गरेको छ । यही सातादेखि खोप लगाउने अभियान सुरु हुने जनाइएको छ । यस अभियानमार्फत मलेसियामा वैधानिक रूफमा कार्यरत ५ लाख नेपाली कामदारले निःशुल्क खोप लगाउन पाउने छन् ।


सम्बन्धित शीर्षकहरु

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

प्रतिकृयाहरू
...