Monday 29th December 2025

मलेसियामा कार्यरत नेपाली कामदारलाई निःशुल्क कोरोनाविरुद्धको खोप


तितोपाटी- मलेसिया सरकारले त्यहाँ रोजगारीमा रहेका नेपालसहित विदेशी कामदारलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

मलेसिया सरकारले अस्थायी रूपमा बसोबास गदै आएका कूटनीतिज्ञ, आप्रवासी कामदार र राष्ट्रसंघीय मानवअधिकार आयोगका कर्मचारीलाई निःशुल्क खोप दिने निर्णय गरेको हो ।
नेपाल, भारत, म्यानमार, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित १७ लाखभन्दा धेरै विदेशी कामदार मलेसिया कार्यरत रहेका छन् ।
वैधानिक रूपमा कार्यरत सबै विदेशी कामदारलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने मलेसिया सरकारले घोषणा गरेको छ । यही सातादेखि खोप लगाउने अभियान सुरु हुने जनाइएको छ । यस अभियानमार्फत मलेसियामा वैधानिक रूफमा कार्यरत ५ लाख नेपाली कामदारले निःशुल्क खोप लगाउन पाउने छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...