Monday 25th August 2025

बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गर्यो


तीतोपाटी – छोटो समयमै कुवेतमा छुट्टै पहिचान बनाउन सफल बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ {KUWAIT KERALA PRAVASI ASSOCIATION(KKPA)} का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गर्यो । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले KKPA का पदाधिकारीहरूलाइ विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् ।

उक्त विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका मार्केटिङ कोअर्डिनेटर मिस्टर अनास साथै KKPA का प्रेसिडेन्ट शाकिर पुथेन पालाथ एवं KKPA का अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ब्यक्तिगत रूपमा लिनु पर्दा वार्षिक १० केडि मुल्य पर्ने उक्त विशेष स्वास्थ्य कार्ड साथमा भए पछि अस्पतालबाट दिइने विभिन्न सेवाहरूमा विशेष छुट पाउन सकिन्छ । यो कार्ड हुने जो कसैलाइ पनि डक्टर परामर्श, Xrays, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा छुटको ब्यवस्था गरिएको मेडिकल सेन्टरका शाखा प्रवन्धक अब्दुल रजाकले तीतोपाटी सँगको कुराकानीमा बताए ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले यस अघि पनि टुलुकुटा कुवेत (TKK) लाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको थियो । बदर अल समा मेडिकल सेन्टरले आफु सँग विभिन्न किसिमले सहकार्य गर्ने जुनसुकै संघ संस्था वा कम्पनी विशेषलाइ सो विशेष स्वास्थ्य कार्ड वितरण गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...