Friday 25th September 2026

बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गर्यो


तीतोपाटी – छोटो समयमै कुवेतमा छुट्टै पहिचान बनाउन सफल बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ {KUWAIT KERALA PRAVASI ASSOCIATION(KKPA)} का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गर्यो । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले KKPA का पदाधिकारीहरूलाइ विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् ।

उक्त विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका मार्केटिङ कोअर्डिनेटर मिस्टर अनास साथै KKPA का प्रेसिडेन्ट शाकिर पुथेन पालाथ एवं KKPA का अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ब्यक्तिगत रूपमा लिनु पर्दा वार्षिक १० केडि मुल्य पर्ने उक्त विशेष स्वास्थ्य कार्ड साथमा भए पछि अस्पतालबाट दिइने विभिन्न सेवाहरूमा विशेष छुट पाउन सकिन्छ । यो कार्ड हुने जो कसैलाइ पनि डक्टर परामर्श, Xrays, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा छुटको ब्यवस्था गरिएको मेडिकल सेन्टरका शाखा प्रवन्धक अब्दुल रजाकले तीतोपाटी सँगको कुराकानीमा बताए ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले यस अघि पनि टुलुकुटा कुवेत (TKK) लाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको थियो । बदर अल समा मेडिकल सेन्टरले आफु सँग विभिन्न किसिमले सहकार्य गर्ने जुनसुकै संघ संस्था वा कम्पनी विशेषलाइ सो विशेष स्वास्थ्य कार्ड वितरण गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...