गजल
उर्लिएको खोली होइन,सागर बनी बहन्छु म।
धैर्यताले साँध सिमा, नाघेपछि कहन्छु म ।
दैब तैँले चोटै चोट,माथि अझै पिडाहरू,
जति धेरै दिए पनि ,सकुन्जेल सहन्छु म।
काँडै माथि फुली यहाँ ,मगमग बास्ना छर्दै,
फुलभित्र नदेखिने,सुवास बनी रहन्छु म।
-प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८, सुनखानी दोलखा
बागमती प्रदेश ।
( रचना: २०७७/१०/१७)